राष्ट्र बैंकले आज दुई डेपुटी गभर्नर पाउँदै, अर्थमन्त्रीले लगे प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दुई डेपुटी गभर्नर पाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डेपुटी गभर्नर नियुक्तिको लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका छन् । 

अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रीले चार जनाको नाम मन्त्रिपरिषदमा पेश गरेका छन् ।

आज नै मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने स्रोतको दाबी छ । 

गभर्नरले चार जनाको नाम अर्थमन्त्रालयमा सिफारिस गरेका छन् । उनले चारै जनाको नाम क्याबिनेटमा पेस गर्ने बुझिएको छ । 

मन्त्रिपरिषद् बैठक १२:३० बजे बस्दैछ । 

Share News