काठमाडौं । सरकारले विभिन्न देशमा रहेका ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई फिर्ता बोलाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, दक्षिण कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाम्फे, अस्ट्रेलियाकाका लागि राजदूत चित्रलेखा यादव, श्रीलङ्काका डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
उनीहरूलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले उनीहरुलाई फिर्ता बोलाएर अन्य व्यक्तिलाई नियुक्त गरेर त्यहाँ पठाउने तयारी गरेको हो ।