सरकारले संविधान पढोस् तर स्टन्ट गरेर समय बबार्द नपारोस् :  नेकपा सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्शनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । 

उनले जेनजी पुस्ताले व्यवस्थाको विरुद्धमा नभई अवस्थाको विरुद्धमा विद्रोह गरेको स्मरण समेत गराए ।

दुलालले सरकारलाई संविधान पढ्नसमेत सुझाए । 

उनले भने, ‘म सम्मानित सदनमा सभामुखमार्फत के भन्न चाहन्छु भने सरकारले यो संविधान पढोस् । समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने जुन संकल्प गरेको छ यो संविधानले त्यसतर्फ राज्यको ध्यान जाओस् । सरकार एक्शनमा जाओस् तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस् ।’

सरकारले विगतमा जस्तै स्टन्ट गर्दै गए जेनजी पुस्ताको भावनाअनुसार अगाडि बढ्न नसकिने उनको भनाइ छ ।

Share News