सामसङ नेपालको ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजी सार्वजनिक

काठमाडौं । सामसङ नेपालले नयाँ ए सिरिज अन्तर्गत ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी मोबाइल सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरेको छ । कम्पनीका अनुसार अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) अग्रिम बुकिङ गर्न सकिनेछ ।

नयाँ मोबाइलहरूमा आकर्षक बनावट, उन्नत क्यामेरा प्रणाली तथा ‘असम इन्टेलिजेन्स’ नामक कृत्रिम बुद्धिमत्ता सुविधा समावेश गरिएको छ । वन यूआई ८.५ मा आधारित यी उपकरणहरूले आवाजलाई लेखमा रूपान्तरण गर्ने सुविधा, पर्दामा देखिएका वस्तु सजिलै छान्ने सुविधा, फोटो सम्पादन गर्ने सजिलो उपकरणहरू उपलब्ध गराउँछन् ।

फोटो खिच्नका लागि दुवै मोबाइलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित तीन क्यामेराको व्यवस्था छ । कम प्रकाशमा पनि स्पष्ट फोटो र भिडियो लिन सकिने प्रविधि राखिएको छ । ग्यालेक्सी ए५७ फाइभजीमा अझ उन्नत तस्बिर प्रशोधन र छिटो फोटो खिच्ने सुविधा उपलब्ध छ ।

डिजाइनतर्फ ग्यालेक्सी ए५७ फाइभजी निकै पातलो (६.९ मिलिमिटर) रहेको छ भने दुवै मोबाइलमा ५००० एमएएच ब्याट्री राखिएको छ, जसले दुई दिनसम्म चल्न सक्ने बताइएको छ । उत्कृष्ट दृश्य अनुभवका लागि उच्च गुणस्तरको पर्दा प्रयोग गरिएको छ ।

सुरक्षाका हिसाबले पानी र धुलोबाट जोगिने क्षमता, डाटा सुरक्षा प्रणाली, व्यक्तिगत सामग्री सुरक्षित राख्ने सुविधा लगायतका विशेषता समावेश छन् । साथै ६ वर्षसम्म सुरक्षा सुधार र प्रणाली अद्यावधिक उपलब्ध गराइनेछ ।

मूल्यतर्फ ग्यालेक्सी ए५७ फाइभजीको १२ जिबी/२५६ जिबी भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ र ८ जिबी/२५६ जिबीको ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ । ग्यालेक्सी ए३७ फाइभजी भने ६४ हजार ९९९ रुपैयाँदेखि ७९ हजार ९९९ रुपैयाँसम्म उपलब्ध हुनेछ ।

अग्रिम बुकिङ अवधिमा ग्राहकहरूले अतिरिक्त मेमोरी सुविधा र २४ महिनासम्म किस्ताबन्दी सेवा पाउनेछन् । यसअनुसार मासिक १ हजार ७६४ रुपैयाँदेखि खरिद गर्न सकिनेछ ।

सामसङ नेपालका अनुसार नयाँ ए सिरिजले कृत्रिम बुद्धिमत्ता प्रविधिलाई सबै प्रयोगकर्तासम्म सहज रूपमा पुर्याउने लक्ष्य राखेको छ । 

Share News