देशभरका मालपोत र नापीका सूचना अधिकारीको सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा कार्यालयका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ । 

मालपोत र नापी विभाग तथा कार्यालयहरूका सम्बन्धित अधिकारीको विवरण सार्वजनिक गरिएको हो । 

कार्यालयबाट हुने सेवा तथा भूमि सम्बन्धी कुनै समस्या भएमा तत्कालै जानकारी गराउनका लागि गुनासो सुन्ने अधिकारीको व्यवस्था गरेको हो ।

गुनासो सुन्ने अधिकारीको पनि मोबाइल नम्बर र इमेल ठेगानासहित विवरण सार्वजनिक गरिएको छ । 

साथै सबै कार्यालय प्रमुखहरूलाई समेत सूचना प्रभाव र गुनासो व्यवस्थापनलाई सक्रिय बनाउन निर्देशनसमेत दिइएको छ ।

मातहतका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीलाई कार्यालय समयमा अनिवार्य फोन उठाउन भनिएको मन्त्रालयले जनाएको छ । 

देशभरका मालपोत र नापी विभाग कार्यालयका सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको विवरण:

Share News