काठमाडौं । नवलपुरको देवचुली नगरपालिका–१५, प्रगति नगर सालघारीस्थित दुर्गा मन्दिरमा महिला तथा बालबालिकालाई लक्षित गरी स्वास्थ्य सिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट ३०७ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएको स्थानिय कृष्ण गैरेले जानकारी दिए ।
भरतपुरको बीपी मेमोरियल क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक, आरोग्य मल्टी सुपरस्पेशलाइज क्लिनिक र भरतपुर रोटरीको संयुक्त आयोजनामा सम्पन्न शिविरमा महिला स्वास्थ्य, स्तन क्यान्सर, बालरोगलगायत विभिन्न रोगसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको गैरेले बताए ।
गैरेका अनुसार शिविरमा १०५ जनाको भिआइए विधिवाट क्यान्सर परीक्षण तथा १६० जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो । अन्य सेवाग्राहीले महिला तथा बालबालिकासम्बन्धी विभिन्न स्वास्थ्य समस्यामा परामर्श तथा उपचार सेवा लिएका थिए गैरेले भने ।
गैरेका अनुसार शिविरमा वरिष्ठ रक्त तथा बालरोग विशेषज्ञ र बोन म्यारो ट्रान्सप्लान्टसम्बन्धी अनुभव भएका चिकित्सकहरूको टोली सहभागी भएको थियो ।