विराटनगर विमानस्थलमा साइरन, धुवाँ र आपतकालीन सवारी देखिने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत विराटनगर विमानस्थलमा फुल स्केल आपतकालीन अभ्यास (इमर्जेन्सी एक्सरसाइज) सञ्चालन हुने भएको छ । नागरिक उड्डयन कार्यालय विराटनगरले जारी गरेको सूचनाअनुसार उक्त अभ्यास २०८२ चैत २५ गते बिहान ७:३० बजे सञ्चालन गरिनेछ ।

अभ्यासका क्रममा विमानस्थल क्षेत्र तथा आसपासमा एम्बुलेन्स, उद्धार तथा अग्नि नियन्त्रण सेवा, सिटी फायरलगायतका आपतकालीन सवारीसाधनको आवतजावत, साइरनको आवाज र बाक्लो धुवाँ देखिन सक्ने जनाइएको छ । साथै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा उद्धारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहनेछ ।

यस क्रममा देखिने गतिविधि अभ्यासकै हिस्सा भएकाले सर्वसाधारणमा कुनै त्रास वा भ्रम नलिन प्राधिकरणले आग्रह गरेको छ ।

Share News