गोकर्णेश्वर नगरपालिकाको नगर अस्पतालले  बिदाको दिन पनि सेवा दिने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नगर अस्पतालले शनिवार बाहेक अन्य सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै शनिबारबाहेक अन्य दिन नियमित रूपमा अस्पताल सञ्चालन हुने जनाएको हाे ।

सूचनाअनुसार अब अस्पताल आइतबारदेखि शुक्रबारसम्मका साथै सार्वजनिक बिदाको दिनमा समेत खुला रहनेछ । अस्पतालको ओपीडी सेवा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै, बिरामीको आकस्मिक अवस्थालाई ध्यानमा राख्दै इमर्जेन्सी सेवा भने २४ सै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको छ ।

यसअघि पनि नगर अस्पतालमा आकस्मिक तथा विभिन्न स्वास्थ्य सेवाहरू चौबीसै घण्टा उपलब्ध रहेको जानकारी दिइँदै आएको छ ।

null

Share News