काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप भएको छ । जिल्ला अदालत, काठमाडौंले उनीविरुद्ध ५ दिनको म्याद थप गरेको हो ।
अग्रवाललाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपककुमार श्रेष्ठले जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेको छ । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार बिहान विभागले पक्राउ गरेको थियो ।
शंकर अग्रवाललाई भने आजै विभागले बयान गरेर छाडेको छ । उनलाई गत शुक्रबार विभागले नियन्त्रणमा लिएको थियो ।