काठमाडौं । नवनियुक्त सभामुख डीपी अर्यालले पदबहाली गरेका छन् । अर्यालले आजै दिउँसो पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथपश्चात सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनले पदबहाली गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख घिमिरेलाई शपथ गराएका हुन् ।
समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, सांसदलगायत को उपस्थिति थियो ।
अर्याल आजै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
अब अर्यालले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नेछन् ।
सभामुख अयार्लले पाउनेछन् १ लाख २७ हजार बढी तलब/सुविधा, १० लाखको बीमा