काठमाडौं । सरकारले महान्यायाधिवक्तामा डा. नारायण कँडेललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कँडेललाई उक्त पदमा नियुक्त गर्ने सिफारिस गरेको हो ।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । महान्यायाधिवक्ताले सरकारवादी मुद्दाहरूको अभियोजन र बहस पैरवी गर्दछ ।
महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता प्रकाश गौतमले कँडेल सिफारिस भएको जानकारी प्राप्त भएकाे बताए ।