हिमालयन रिको सेयर मूल्यमा ऐतिहासिक झट्का, प्राधिकरणले बोलायो बोर्ड बैठक

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य लगातार घट्दै वर्षकै न्यून विन्दु नजिक पुगेको छ । एक वर्ष अर्थात ५२ हप्ताअघि यस कम्पनीको उच्च मूल्य ११३९ रुपैयाँ र न्यून मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

आज ७६७ रुपैयाँमा कारोबार सुरु भएकोमा अन्तिम समयमा आउँदा घटेर ७०४.७० रुपैयाँ पुगेको छ । जुन वर्षकै न्यून विन्दुमा भएको कारोबार हो ।

आज सबैभन्दा धेरै हिमालयन रिको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको १० प्रतिशतले सेयरमूल्य घटेको छ । कारोबार रकमको आधारमा पनि आज सबैभन्दा धेरै कारोबार हिमालय रि को रहेको छ । उक्त कम्पनीको ५८  करोड २८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । 

हिमालय रिलाई नेपाल बीमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्दैछ भन्ने हल्लाले सेयर मूल्य घटेको हो । यस विषयमा छलफलको लागि आज बीमा प्राधिकरणले बोर्ड बैठक समेत बोलाएको छ । 

Share News