नापी र यातायात कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ

काठमाडौं । ललितपुरको नापी कार्यालय र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ परेका छन्।

लगनखेलस्थित रहेको नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने विचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरी टोलीले नापी कार्यालयबाट २१ जना र यातायात व्यवस्था कार्यालयबाट ११ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

बिचौलियाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

Share News