यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्त्वपूर्ण ७ निर्णय

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सात निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको बैठकले विभिन्न सात निर्णय गरेको हो ।

यस्ता छन् ७ निर्णय 

१. अर्थमन्त्रालय डिजिटल नेपाल ट्रान्समेसन परियोजनाका लागि एसियाली विकास बैंक र विश्व बैंकले प्रदान गर्ने ९० मिलियन अमेरिकी डलर ऋण बराबरको सहुलियत ऋण स्वीकार गर्ने ।

२. दीगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर स्वीकार गर्ने । 
३. नेपाल सरकारका विभिन्न मन्त्रालय तथा मन्त्रालय मातहतका संगठन तथा व्यवस्था गर्न सर्वेक्षण गर्न स्वीकृति दिने ।
४. राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत ।
५. पेट्रोलियम पदार्थको अभाव व्यवस्थापन गर्न सरकारी, स्कुल तथा कलेजमा आइतबार र शनिबार सार्वजनिक विदा दिने । 
६. डिजेल तथा पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने ।
७. नयाँ शैक्षिक संस्था वैशाख १५ गतेदेखि सुरु गर्ने । 

Share News