वैशाख १५ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने

काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र नयाँ सालको वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले सरकारी कार्यालय, स्कुल/कलेजका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

अबदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्ने निर्णय भएको हो ।

Share News