काठमाडौं । नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकमैत्री तथा आकर्षक योजना सार्वजनिक गरेको छ ।
उक्त अफर २०८२ साल चैत २० गतेदेखि २०८३ साल वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएकाे छ ।
यस योजनाअन्तर्गत सीएफमोटो २५० डुअल इएफआई खरिद गर्ने ग्राहकहरूले नगद तथा फाइनान्स दुवै माध्यमबाट खरिद गर्दा ८ हजार ३०० सम्मको नगद छुट प्राप्त गर्नेछन् । साथै एक्सचेन्जमार्फत मोटरसाइकल साट्ने ग्राहकहरूले बजार मूल्यभन्दा थप १५ हजारसम्मको अतिरिक्त मूल्य लाभ पाउनेछन् ।
यसका अतिरिक्त प्रत्येक ग्राहकलाई प्रिमियम एसएमके फूल फेस डबल भिजर हेल्मेट(एण्टी–फग प्रविधिसहित) उपहार स्वरूप प्रदान गरिनेछ ।
योजनालाई अझ आकर्षक बनाउन लक्की ड्र व्यवस्था पनि समावेश गरिएको छ, जसअन्तर्गत एक भाग्यशाली ग्राहकले १ लाख नगद क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन् ।
सीएफमोटो २५० एनके र ३०० एनके मोडेलका लागि कम्पनीले क्रमशः ४ लाख ४९ हजार ९०० र ५ लाख ४९ हजार ९०० को नयाँ एमआरपी घोषणा गरेको छ ।
साथै ग्राहकहरूले फुल फेस स्टुड्ड्स हेल्मेट र सीएफमोटो प्रोटेक्टिभ हुडी पनि प्राप्त गर्नेछन् ।
त्यसैगरी, प्रिमियम तथा लोकप्रिय एड्भेन्चर मोडेल सीएफमोटो ४५० एमटी (जेफायर ब्लू) खरिद गर्ने ग्राहकहरूका लागि विशेष प्याकेज उपलब्ध गराइएको छ, जसमा एड्भेन्चर राइडिङ ज्याकेट र प्रिमियम हेल्मेट समावेश छन् ।
जीहो एइ८ ईभी मोडेलको स्कुटरको हकमा ४ लाख ४९ हजार ९०० अफर अवधिभर यथावत् रहनेछ ।
बिक्रीसँगै सीएफमोटो नेपालले आफ्नो अफ्टर–सेल्स सेवामा समेत प्रतिबद्धता जनाउँदै सेवा सञ्जाल विस्तार गर्ने घोषणा गरेको छ । २०८३ सालदेखि काठमाडौं उपत्यका बाहिरका ग्राहकहरूलाई पनि सहज सेवा उपलब्ध गराउनेछ ।
त्यसैगरी, वैशाख २०८३ भित्र चितवन र पोखरामा थ्रीएस (सेल्स, सर्भिस, स्पेयर पाट्र्स) अवधारणाका शोरुमहरू सञ्चालनमा ल्याइनेछ भने आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकभित्र बुटवल र इटहरीमा समेत विस्तार गरिनेछ ।