सभामुखमा अर्याल निर्विरोध निर्वाचित, आजै शपथ

फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार (आज) बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

गत शुक्रबार सभामुख पदमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।  

सभामुख अर्यालको शपथग्रहण आजै हुँदैछ । आज दिउँसो साढे २ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् ।
 
शपथ ग्रहणपश्चात अर्याल कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् । त्यसपश्चात अर्यालले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नेछन् ।

Share News