काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशका स्वीकृत दरबन्दीको विवरण माग गरेको छ ।
मन्त्रालयको संगठन विकास शाखाले शुक्रबार सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ३ दिनभित्र दरबन्दीको एकमुष्ट विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र मुलुकभरको एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्न यो तथ्याङ्क माग गरिएको जनाएको छ ।
