स्ट्याण्डर्ड चार्टर्ड बैंकको सञ्चालकमा नियुक्त भए जनक शर्मा पौड्याल

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको नियुक्ति बिहीबारदेखि लागू भएको कम्पनी सचिव गोपी भण्डारीले जानकारी दिए । उनलाई पूर्वस्वतन्त्र सञ्चालक सिद्धान्तराज पाण्डेको स्थानमा नियुक्त गरिएको उनले बताए । 

पौड्यालसँग ग्लोबल आइएमई बैंक र साबिक सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव छ । उनले बेलायतको लण्डन स्कुल अफ कमर्सबाट एमबीए डिग्री हासिल गरेका छन्। 

Share News