काठमाडौं । नेपालीको खाता मागेर क्रिप्टो कारोबार गर्ने चिनियाँ नागरिक ठमेलबाट पक्राउ परेका छन् । बिहीबार ठमेलबाट २६ वर्षीय झु यी फिङ्लाई १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका अनुसार तीन थान मोबाइल र इन्टरनेशनल एक्सप्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरू सहित नियन्त्रणमा लिएको हो ।
परिसरका प्रवक्ता पवनकुमार भट्टराईले सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरेर नेपालीलाई खाता माग गरेका थिए ।
फिङले नेपालीलाई विभिन्न किसिमका आर्थिक प्रलोभनमा पारेर खाता लिएका थिए । नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेका थिए ।