गोरखा सहकारीका अध्यक्ष राई पक्राउ

काठमाडौं । ललितपुरमा रहेको गोरखा सेभिड एण्ड क्रेडिङ सहकारी संस्थाका अध्यक्ष इमानसिंह राई पक्राउ परेका छन् ।

सहकारीका प्रशासन कार्यकारी अधिकृत लालबाबु क्षेत्री, अबिन कुमार राई र कर्णबहादुर राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ओखलढुंगा जिल्ला मानेभन्ज्याङ्ग ३ का ६१ वर्षीय राई, चितवन भरतपुर महानगरपालिका वर्ष ४२ वर्षीय क्षेत्री, ओखलढुंगा मानेभन्ज्याङ् १ का ललितपुर बस्ने ५९ वर्षीय राई, ओखलढुंगा मानेभन्ज्याङ्ग ३ का भक्तपुर बस्ने ३९ वर्षीय राई पक्राउ परेका हुन्।

थप अनुसन्धानको लागि ललितपुर प्रहरी परिसर पठाएको कार्यालयले जनाएको छ । गोरखा सहकारीमा १० हजार ५९८ जनाले बचत गरेका थिए ।

कमसल धितो राखेर ऋण प्रवाह गरिएको छ । बिना धितो र बैंकमा पहिले नै रोक्का रहेको धितोलाई आधार बनाई ऋण प्रवाह गरिएको छ । 

Share News