काठमाडौं । कजारियाले विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यताहरू प्राप्त गर्दै आफ्नो उत्कृष्टताको विरासतलाई थप सुदृढ बनाएको छ ।
प्राविधिक नवप्रवर्तन र ठूलो उत्पादन क्षमताका आधारमा आफूलाई विश्वकै ८औं ठूलो टायल उत्पादक कम्पनीका रूपमा स्थापित गर्न सफल कजारियाले लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ को उपाधि पाएर उपभोक्ताको अटुट विश्वास र बजार नेतृत्वलाई प्रमाणित गरेको हो ।
कम्पनीले हालै प्राप्त गरेको ‘एनएस क्वालिटी अवार्ड २०२६’ ले यसको गुणस्तरप्रतिको प्रतिबद्धता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको पालनालाई थप पुष्टि गरेको छ ।
‘एशियाको सबैभन्दा आशाजनक ब्रान्ड’ का रूपमा सम्मानित यस कम्पनीले आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत आफ्नो उत्पादनको गुणस्तर र वातावरणीय जिम्मेवारीलाई विश्वस्तरीय मापदण्डमा राखेको छ ।
साथै भारतीय हरित भवन परिषद् (आईजीबीसीएस) को सदस्यका रूपमा कजारियाले दिगो र हरित निर्माणलाई विशेष प्राथमिकता दिँदै आएको छ ।
नेपालको सन्दर्भमा कजारियाले रमेश कर्पसँगको संयुक्त सहकार्यमा देशकै सबैभन्दा ठूलो र अत्याधुनिक टायल उद्योग सञ्चालन गरिरहेको छ ।
वार्षिक ५.२ मिलियन वर्ग मिटर उत्पादन क्षमता भएको यस उद्योगले ३ हजारभन्दा बढी आकर्षक डिजाइनका विकल्पहरू उपलब्ध गराउँदै देशलाई औद्योगिक आत्मनिर्भरतातर्फ डोर्याउन महत्वपूर्ण योगदान पुर्याएको छ ।
कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालका अनुसार कम्पनीको यात्रा सधैं उत्कृष्टता, नवप्रवर्तन र विश्वासबाट प्रेरित रहेको छ ।
हाल ८१.५५ मिलियन वर्ग मिटरको कुल वार्षिक उत्पादन क्षमता रहेको कजारियाले आफ्नो सुदृढ विरासत र अत्याधुनिक प्रविधिमार्फत निर्माण क्षेत्रमा नयाँ मापदण्डहरू स्थापित गर्दै भविष्यमा अझै सशक्त उपस्थिति रहने जनाएको छ ।