सभामुख अयार्लले पाउनेछन् १ लाख २७ हजार बढी तलब/सुविधा, १० लाखको बीमा

२० जना बढी कर्मचारी र सुरक्षाकर्मी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन् । घोषणा हुन बाँकी भए पनि कुनै पनि उम्मेदवारले मनोनयन नगराएपछि उनी निर्विरोध भएका हुन् । 

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा उनी सभामुखका रुपमा निर्वाचित भएको घोषणा हुनेछ । सभामुख अर्यालले अबको पाँच वर्षसम्म प्रतिनिधिसभाको सभामुख भएर जिम्मेवारी सम्हाल्नेछन् । 

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ मा सभामुख, उपसभामुख राष्ट्रिय सभाको अध्यक्ष तथा संघीय सांसदहरूले पाउने सेवा सुविधाको विषयमा उल्लेख गरिएको छ।

सोही ऐनको अनुसूची १ अनुसार सभामुख अर्यालले ६७ हजार ३२० रुपैयाँ मासिक तलब सुविधा पाउनेछन् । तर, तलबसँगै अन्य सुविधा जाेड्दा भने उनले मासिक १ लाख २७ हजार बढी तलब तथा अन्य सुविधा पाउने छन् । 

यस्तो छ सभामुखको सेवा सुविधा

पारिश्रमिक- ६७,३२०।– (मासिक)
बैठक भत्ता- १०००।–
विशेष भत्ता- १०००।–
सञ्चार सुविधा- ३०००।– (प्रतिमहिना)
आवास सुविधा- २८२७५।– (प्रतिमहिना)
फर्निचर- १५०००।–
निजी सचिवालय बन्दोवस्त- २०००।– (प्रतिमहिना)
गार्ड घर- २०००।– (प्रतिमहिना)
सवारी इन्धन- २५० लिटर (प्रतिमहिना)
मोविल- १० लिटर (त्रैमासिक)
बिजुली/पानी- बिल अनुसार
दैनिक भ्रमण भत्ता ३०००।–
यात्रा बीमा- १०,००,०००।–
परिचारकलाई लुगा भत्ता- ४०००––
अतिथि सत्कार- २५००।–
सुरक्षाकर्मी/कर्मचारी- २० जना

Share News