काठमाडौं । जलशक्ति हाइड्रो कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड कित्ता सेयरले हुन आउने कुल १ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।
यो सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, कम्पनीका कर्मचारी, सामूहिक लगानी कोष तथा सर्वसाधारणका लागि छुट्ट्याइएको छ ।
सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा जलशक्ति हाइड्रोका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनालले हस्ताक्षर गरे ।
२ अर्ब ५० करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहने सुनिश्चित गरिएको छ ।
जलशक्ति हाइड्रोले धादिङ जिल्लाको ईल्लेप ९तातोपानी० खोलामा २३।६७५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।