काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालको एकल उम्मेदवारी परेको छ ।
उम्मेदवारीका लागि तोकिएको समयमा एकल नाम मात्रै दर्ता भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
गिरीका अनुसार सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।
निर्धारित समयभित्र अर्यालको एकल उम्मेदवारी दर्ता भएको गिरीले जानकारी दिए ।