श्रम कानुन उल्लंघन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

काठमाडौं । श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लंघन गरेका दुई उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको छ । 

उक्त कार्यालयले १७५ प्रतिष्ठानको अनुगमनका क्रममा ती  उद्योग– प्रतिष्ठानको खाता रोक्का गरेको हो । 

कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योग प्रतिष्ठानमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 

चालु आर्थिक वर्षको प्रथम आठ महिनामा नाबालिकलाई श्रमिकको रुपमा काममा लगाउने प्रतिष्ठान तथा रोजगारदातालाई २ लाख २५ हजार जरिवाना र रु २२ हजार क्षतिपूर्ति तिराइएको हो ।

अधिकांश साना उद्योग प्रतिष्ठानले नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको व्यवस्था नगरेका पाइएको प्रमुख साहले बताए ।

कार्यालयले आठ महिनामा व्यक्तिगत र सामूहिक ४५ श्रमसम्बन्धी उजुरीमध्ये २९ वटा उजुरी फर्छ्याैट गरेको जनाएको छ । यसमा होटल, साना उद्योगलगायत २६८ प्रतिष्ठान सूचीकृत छन् ।

Share News