काठमाडौं । नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४७८ संख्यामा भर्ना खुलाएको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक तथा प्रहरी जवान पदका लागि आवेदन माग गरिएको हो ।
प्रहरीका अनुसार इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक्चर तथा अटोमोबाइल क्षेत्रमा भर्ना खुलाइएको छ। त्यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा समेत आवेदन आह्वान गरिएको छ।
कुल मागमध्ये प्रहरी जवान पदमा २८० जना र अन्य प्राविधिक पदमा १२९ जना आवश्यक रहेको जनाइएको छ।
दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ।
त्यसैगरी, प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

