काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने भएको छ । बिहीबार बसेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुख अर्जुननरसिंह केसीले २२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
उक्त दिन प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुनेछ । त्यसका लागि मनोनयन दर्ता भने २० गतेका लागि तोकिएको छ ।
निर्वाचनकै दिन पदवहाली हुने जनाइएको छ ।