काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पहिलो प्रतिनिधि सभा बैठक ढिला गरी सुरु भएकोमा आपत्ति जनाएका छन् ।
बैठक १६ मिनेट ५५ सेकेन्ड ढिला सुरु उनको भनाइ छ ।
‘शपथ ग्रहणको दिन पनि हामी १२ मिनेट ४६ सेकेन्ड ढिला भएका थियौं । आज १६ मिनेट ५५ सेकेन्ड ढिला भएका छौं । जनताले हामीलाई ढिला गर भनेर पठाएको होइन । त्यसो हुनाले प्रत्येक मिनेटको महत्त्व सबैले बुझौं,’ उनले भने ।
साम्पाङले नेपाली समय हो भन्दै ढिला जाँदा पनि हुन्छ भन्ने भाष्यले देशले उन्नति गर्न नसकेको पनि बताए ।
उनले यसरी अबका दिनमा ढिला नगर्न अनुरोधसमेत गरे ।