काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले दलभन्दा ठूलो देश रहेको बताएका छन् । बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘दलभन्दा ठूलो देश हो, दलगत स्वार्थ त्यागौं । यो दल, त्यो दल नभनौं, ’ उनले भने ।
सांसद शाहीले शिक्षामा व्यापक सुधार गर्न आवश्यक रहेको पनि बताए ।
साथै उनले अस्पतालमा उपचार गराउँदा अस्पतालमै बिरामी बन्धक भएकोमा चिन्ता पनि व्यक्त गर्दै अबको सरकारले यसमा पनि ध्यान दिनेमा आफू ढुक्क रहेको बताए ।
त्यस्तै उनले नेपाललाई हिन्दुराष्ट्र बनाउन पनि आग्रह गरे ।