देशमा जति काम हुनुपर्थ्यो त्यति हुन सकेन, केही पनि भएन भन्ने कुरा सत्यको जगमा छैन : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले विगतमा केही भएन भन्ने भाष्यलाई चिर्न जरुरी रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद आङदेम्बेले यस्तो बताएका हुन्।

उनले देशमा जति काम हुनुपर्ने हो त्यति नभएको स्वीकार गरे ।

‘हो, यो भन्दा बढी हुनुपर्थ्यो तर, अनेक कारण हुन सकेन। अर्कोतिर हामी आत्मलोचित छौं । जे भए हामी सबैको प्यासले भएको हो । केही पनि भएन भन्ने कुरा सत्यको जगमा छैन,’ उनले भने ।

आङदेम्बेले अब देशमा खरानी बनाउन कोही पनि अघि नसरुन् भन्दै भदौ २३ र २४ गतेको घटनालाई एक एक केलाउन जरुरी रहेको बताए ।

Share News