काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग सार्वजनिक रूपमा माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सदियौँदेखि भएको अन्यायका लागि हात जोडेर माफी मागेका हुन् ।
‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । तर खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले कहिल्यै माफी माग्यौँ त ?,’ उनले भने ।
सरकारका तर्फबाट बोल्दै उनले दलित समुदायसँग औपचारिक रूपमा माफी माग्दै भने, ‘यो सरकार शताब्दियौँदेखि हुँदै आएको विभेद, अन्याय र अत्याचारका लागि सार्वजनिक तथा सामूहिक माफी माग्छु- त्यो पनि यही सम्मानित सदनबाट।’