हामीले सिंहदरबार बदल्न सुरु गरिसकेका छौं : रवि लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सिंहदरबार बदल्न सुरु गरिसकेको बताएका छन् ।

नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनताले सिंहदरबार चलाउन मात्र नभई बदल्ने जिम्मेवारी दिएको उल्लेख गर्दै बदल्न सुरु गरेको बताएका हुन् ।

सभापति लामिछानेले जनताको मतादेशको गुन जिम्मेवारी पूरा गरेर भए पनि तिर्ने बताए।

‘म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ । यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु । यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं, लामिछानेले भने ।

Share News