बैठक सुरु हुनासाथ एमालेको विरोध

काठमाडाैं । नयाँ संसद्को पहिलो बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ ।

बैठक सुरु हुनासाथ एमाले सांसद गुरु बरालले उठेर विरोध गरेका हुन् । त्यसपश्चात सभामुख अर्जुनरसिंह केसीले बराललाई बोल्न समय दिए ।

फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको हो ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो ।

Share News