साइकल चढेर संसद् भवन पुगे रास्वपा सांसद गजुरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन पुगेका छन् । 

निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन उनी मौलिक पहिरन ‘दौरा–सुरुवाल’ मा माउन्टेन बाइक चढेर सिंहदरबार छिरेका हुन् ।

यातायात विज्ञसमेत रहेका गजुरेल भन्छन्, ‘हाम्रो सहरको चाप र स्वास्थ्यका लागि सम्भव भएसम्म हिँड्ने र नभए सार्वजनिक यातायातको प्रयोग गर्नु नै उत्तम हुन्छ ।’

उनी सिन्धुली– २ बाट निर्वाचित सांसद हुन् । 

Share News