सहकारी पीडितसँग मन्त्री रावलको संवाद सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रका पीडितहरूसँग प्रत्यक्ष छलफल  सुरु गरेकी छन् । 

सरकार सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने लक्ष्यसहित अगाडि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग छलफल थालेकी हुन् ।

मन्त्री रावलले पीडितहरूलाई मन्त्रालयमै बोलाएर उनीहरूका गुनासा सुन्न थालेकी हुन्। 

बिहीबार बिहानैदेखि मन्त्रालयमा भेला भएका देशभरका विभिन्न सहकारीका पीडितहरूले लामो समयदेखि आफ्नो बचत फिर्ता नपाउँदा भोग्नुपरेको आर्थिक र मानसिक पीडा मन्त्रीसमक्ष राखेका थिए ।

छलफलका क्रममा मन्त्री रावलले सहकारी पीडितको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।

उनले पीडितहरूको उचित सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै साना बचतकर्ताहरूलाई राहत दिने गरी चरणबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिइन् ।

‘पीडितहरूको समस्या कसरी प्रभावकारी रूपमा समाधान गर्ने भन्नेमा हामी केन्द्रित छौं,’ उनले भनिन् । 

Share News