काठमाडौं । यौनधन्दामा लगाएको आरोपमा त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ परेका छन् । बुधबार साउदी अरबबाट फर्कने क्रममा अध्यागमन कार्यालयबाट अर्घाखाँचीका ३० वर्षीय शिवबहादुर सारुलाई प्रहरीले पक्राउ गरेको हो ।
मानव बेचबिखन ब्यूरोका अनुसार सारुले ह्वाटसएपमार्फत महिलालाई आर्थिक प्रलोभनमा पार्ने गर्थे ।
२०८१ असोजदेखि विभिन्न माध्यमबाट महिलालाई ग्राहकसमक्ष पुर्याउने गरेका थिए । उनले ग्राहकले खोजेबमोजिम विभिन्न होटल तथा कोठामा महिला पठाउने गरेका थिए ।
सारुले एक जना ग्राहकबाट ८ देखि २० हजार रुपैयाँसम्म लिने गरेको ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले जानकारी दिए ।
वेश्यावृत्तीमा लगाएको अवस्थामा प्रहरीले २०८१ कात्तिक १२ गते प्रहरीले ती महिलालाई उद्धार गरेका थिए । सोही वर्ष कात्तिक २६ गते सारुविरुद्ध उजुरी परेको थियो ।
काठमाडौं जिल्ला अदालतबाट दिन तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी लिम्बुले जानकारी दिए ।