काठमाडौं । ललितपुर महानगरपालिकाले वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘वातावरण भ्यान’ सञ्चालनमा ल्याएको छ । महानगरले बिहीबार एक कार्यक्रमबीच ‘वातावरण भ्यान’ सञ्चालनमा ल्याएको हो ।
महानगरका मेयर चिरीबाबु महर्जनले उक्त भ्यानको उद्घाटन गरेका हुन् । यो भ्यानमार्फत विभिन्न वडामा पुगेर फोहोर वर्गीकरण, पुनःप्रयोग र वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
साथै विद्यालय तथा समुदाय स्तरमा वातावरणमैत्री व्यवहार प्रवर्द्धन गर्ने उद्देश्य समेत रहेको महानगरले जनाएको छ ।
महानगरका अनुसार ‘वातावरण भ्यान’ले स्थानीय बासिन्दालाई घरमै फोहोर छुट्याउने अभ्यासतर्फ प्रेरित गर्नुका साथै दिगो सहरी व्यवस्थापनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।