काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।
तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किरातीले पार्टी परित्याग गरेर प्रलोपा गठन गरेर सोही पार्टीमा सक्रिय बनेका थिए ।
उनी अब हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । केही दिनअघि पनि साम्पाईले किरातीलाई पार्टीमा स्वागत गर्ने तयारी भइरहेको बताएका थिए ।
उनी श्रम संस्कृति पार्टीमा प्रवेश गरेर प्रदेश सांसदमा प्रतिस्पर्धा गर्दै मुख्य मन्त्री बन्ने तयारीका साथ काम गरिरहेको बताइएको छ ।