राजश्व चुहावट नियन्त्रणका लागि अर्थमन्त्रीले डाके उच्चस्तरीय बैठक, गृहमन्त्री पनि जाने

काठमाडौं । अर्थ मन्त्रालयले आज राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले उच्चस्तरीय बैठक डकेको छ । बैठक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्नेछ भने गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालयका उच्च अधिकारी, अर्थ, गृह, राजश्व प्रशासनका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू सहभागी हुनेछन् । 

त्यसैगरी, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरू पनि बैठकमा उपस्थित हुनेछन् । बैठकमा राजश्व छली, चोरी र पैठारी नियन्त्रण तथा कानुन कार्यन्वयनका विषयमा छलफल हुने र अर्थमन्त्री डा. वाग्लेले महत्वपूर्ण निर्देशन दिने सचिवालयले जनाएको छ । 

बैठक बिहान ११ बजे सुरु भएर करिब एक घण्टा चल्नेछ । 

Share News