सुपर लघुवित्त बन्यो सञ्जीवनी, समस्याग्रस्तबाट फुकुवा

काठमाडौं । साबिक सुपर लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन गरी सञ्जीवनी लघुवित्त वित्तीय संस्था राखिएको छ । लघुवित्त संस्था समस्याग्रस्त भएसँगै नाम परिवर्तन गरी सञ्जीवनी लघुवित्त वित्तीय संस्था राखिएको हो । 

साथै नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले लघुवित्त संस्थालाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाई नियमित वित्तीय कारोबार गर्न अनुमति दिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख अन्तर्गतका खण्ड (क), (ख), (घ), (च) तथा (ञ) अनुसार संस्थालाई वि.सं २०७९ भदौ २२ गते समस्याग्रस्त वित्तीय संस्था घोषणा गरिएको थियो । तर बैंकको वि.सं २०८२ चैत ५ गतेको निर्णय अनुसार संस्थालाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरी अब नियमित कारोबार गर्न स्वीकृति प्रदान गरिएको छ ।
 

Share News