बिर्तामोडमा फोटोन मोटर्सको ‘कस्टमर मिट’ सम्पन्न

काठमाडौं । नेपालका लागि फोटोन सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले झापाको व्यापारिक केन्द्र बिर्तामोडमा चैत्र १७ गते ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । 

पूर्वी नेपालका ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा झापा तथा आसपासका जिल्लाका यातायात व्यवसायी, फ्लीट सञ्चालक र व्यवसायिक साझेदारहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा ग्राहकहरूले फोटोनका सवारीसाधन प्रयोग गर्दाका आफ्ना अनुभव, अपेक्षा र सुझावहरू प्रत्यक्ष रूपमा कम्पनी समक्ष राखेका थिए ।

यस कार्यक्रमले फोटोनलाई पूर्वी नेपालको बजारमा थप विस्तार गर्न रणनीतिक ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ । 

व्यवसायीहरूको बदलिँदो आवश्यकता र मागलाई मध्यनजर गर्दै फोटोनले भविष्यमा अझै प्रभावकारी मोबिलिटी समाधानहरू ल्याउने योजना अघि सारेको छ ।

विद्युतीय सवारी (ईभी) तर्फको बढ्दो आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले देशभर हाल १६६ भन्दा बढी सीसीएसटु  फास्ट चार्जिङ प्वाइन्टहरू सञ्चालनमा रहेको जनाएको छ ।

फोटोनका देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू रहेका छन् ।

Share News