ओली हिरासतमा परेपछि एमालेको ‘स्टेरिङ’ सम्हाल्दै बादल

काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिएको छ।

अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेकाले थापालाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

एमाले नेता ऐन महरले अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेकाले उनी हिरासतबाट नआउँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी थापालाई दिइएको जानकारी दिए ।

आज नै एमालेको संसदीय दलको नेतामा थापा चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले थापालाई निर्विरोध चयन गरेको हो ।

संसदीय दलमा अर्का सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि अन्तिममा थापा नै निर्विरोध भएको संसदीय दलका निर्वाचन प्रमुख निरज आचार्यले जानकारी दिए ।

गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित थापा पार्टीमा दोस्रो वरीयतामा छन् ।

Share News