सुहाङ नेम्वाङले भने : संसदीय दलको नेता म बन्नुपर्छ

काठमाडौं ।  नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता आफू बन्नुपर्ने धारणा राखेका छन् । एमालेको संसदीय दलको बैठकमा उनले निर्वाचन प्रक्रियाबाट नेता चयन गर्न माग गर्दै आफू नेता बन्नुपर्ने धारणा राखेका हुन् । 

केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बुधबार बसेको बैठकमा सांसद सुहाङ नेम्वाङले निर्वाचनको विधिबाट दलको नेता चयन गर्नु उपयुक्त हुने धारणा राखेका हुन् ।

उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा दलको नेता चयन गर्ने प्रस्तावमा छलफल भइरहेको छ । बैठकमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत पार्टीका पदाधिकारीहरु सहभागी छन् । 

Share News