बिना भिसा क्यासिनोमा काम गर्न कम्बोडिया पुगेका ८ नेपाली फर्काइए

काठमाडौं । क्यासिनोमा काम गर्न बिना भिसा कम्बोडिया पुगेका ८ जना नेपालीलाई फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको पहलमा बिना भिसा प्रवेश गरेका ६ जना नेपाली नेपाल फर्केका हुन् । 

मंगलबार कम्बोडियाको विमानस्थलबाट उडेर बुधबार ८ जना नेपाली नेपाल आइपुगेको दूतावासले जनाएको छ । 
दूतावासका अनुसार अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको छ ।

कम्बोडियामा नेपालीहरू अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसाअवधिभन्दा बढी समय बसिरहेको दूतावासले उल्लेख गरेको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना तथा सन् २०२५ मा ९६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ ।

null

 

Share News