पित्तथैलीमा पत्थरी र पिसाबमा सङ्क्रमण देखिएपछि ओली चिकित्सकको निगरानीमा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष ओली हाल चिकित्सकको निगरानीमा रहेका अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए । 

उनका अनुसार पित्तथैलीमा पत्थरी र पिसाबमा सङ्क्रमण देखिएपछि अध्यक्ष ओलीलाई निगरानीमा राखिएको हो । प्रवक्ता डा. सेढाईंले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको बताए ।

अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार प्रहरीले पक्राउ गरेपछि उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । 
 

Share News