काठमाडौं । पैदलयात्री ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने एमालेका कार्यकर्ता पक्राउ परेका छन् ।
आइतबार लगनखेलस्थित सडकपेटीमा हिँडिरहेका ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने ३० वर्षीय रामशरण शर्मा बजगाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका १० बाट बजगाईंलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
उनको समूहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरेका थिए ।