काठमाडौं । बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका ज्ञानेन्द्र ढुंगाना एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीकाे अध्यक्षमा नियुक्त भएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरञ्जन फुयालका अनुसार सञ्चालक समितिको चैत १६ गते बसेको बैठकले सोही दिनदेखि लागू हुने गरी ढुंगानालाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
यसअघि ढुंगानालाई कम्पनीको फागुन १२ गते बसेको बैठकले स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको थियो।
ढुंगाना हालै नबिल बैंककाे सीईओ पदबाट राजीनामा दिएका हुन् । त्यसअघि उनी साबिक नेपाल बंगलादेश बैंकका सीईओ र एनसीसी बैंक का जनरल म्यानेजर रहिसकेका थिए ।
बैंकिङ क्षेत्रमा पुर्याएकाे योगदानलाई सम्मान गर्दै उनलाई प्रबल जनसेवा श्री पदक बाट सम्मानित गरिएको थियो । साथै, उनी नेपाल बैंकर्स’ एसोसिएसनका पूर्व अध्यक्ष पनि हुन्।