अर्थमन्त्री वाग्लेले गरे भन्सार विभागको अनुगमन, इमानदारीपूर्वक राजश्व संकलनमा लाग्न निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार भन्सार विभागको अनुगमन गर्दै विभागको वस्तुगत स्थितिबारे ब्रिफिङ लिएका छन् ।

सो क्रममा विभागका कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सरकारले तोकेको राजश्वको लक्ष्य प्राप्तिमा पूर्ण इमानदारीका साथ लाग्न निर्देशन दिए ।

मन्त्री वाग्लेले कर्मचारीहरूले पारदर्शी र जिम्मेवार भएर काम गरेमा मन्त्रालयले उनीहरूको वृत्तिविकास र मनोबल उच्च बनाउन विशेष प्रोत्साहनका कार्यक्रमहरू ल्याउन सक्ने आश्वासन समेत दिए ।

राजश्व प्रशासनमा हुने सानो ढिलासुस्तीले पनि समग्र अर्थतन्त्रमा असर पर्ने भन्दै उनले कार्यसम्पादनमा कुनै सम्झौता नगर्न आग्रह गरे ।

अनुगमनका क्रममा मन्त्री वाग्लेले विभागमा रहेको भन्सार प्रयोगशाला (ल्याब) को समेत निरीक्षण गरेका थिए । 

सो अवसरमा उनले आयात-निर्यात हुने वस्तुहरूको वैज्ञानिक परीक्षण र गुणस्तर मापनलाई थप आधुनिक र विश्वसनीय बनाउन निर्देशनसमेत दिए ।

Share News