हिमालयन बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गरिने

काठमाडौं । हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णय गरेको छ।

बैंकको संचालक समितिको चैत १५ गते आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनी सचिव विपिन हाडाले उक्त निर्णय नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार हाल कायम पुँजी संरचनाको आधारमा गरिएको बताए ।

उनका अनुसार, बैंकले सेयर रूपान्तरणका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउनेछ । प्रक्रिया पूरा भई सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गरिनेछ।

बैंकको हाल चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ। यसमध्ये ७० प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख रुपैयाँ संस्थापक समूहको स्वामित्वमा रहेको छ भने ३० प्रतिशत अर्थात् ६ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ सर्वसाधारण सेयरधनीको स्वामित्वमा रहेको छ।

Share News